You are viewing the translated version of प॒ति,पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण.

Section 43
प॒ति,पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रुपमा छनौट गरेमा देहाय बमोजिम हुनेछः-

(क) सो व्यक्तिले निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खुद खर्चहरु बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।